बिराटनगर– नेकपा एमालेका अध्यक्ष एव् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशमा आफ्नो दलको सरकार बन्ने बताएका छन्।
आज (शुक्रबार) बिराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका छन। यस्तै उनले सत्ता गठबन्धनको अलोकतान्त्रिक र असंवैधाािनक क्रियाकलापका कारण कोशीमा अस्थिरता भएको समेत बताए। सत्ता पक्षले नबनेको सरकार बन्यो भन्ने, सभामुखलाई राजीनामा गर्न लगाउने जस्ता काम गरेको भन्दै उनले अघि भने, ‘कांग्रेस जस्तो पुरानो पार्टीले एकछिनका लागि बलजफ्ती गरको, संविधान मिच्ने?
हिजो हतियार उठाएर हिँडेको माओवादीले संविधान नमान्नु ठूलो विषय नभएको बताउँदै उनले भने, ‘कांग्रेसले त मान्नुपर्थ्यो नि कमसेकम।
अबको निकास के भन्ने प्रश्नमा ओलीले भने, ‘एमालेको सरकार बन्छ। एमालेको सरकार चल्छ । एमालेले मजाले चलाउँछ।
सरकार चलाउन त ४७ (बहुमत) पुर्याउनु पर्ला नि भन्ने अर्को प्रश्नमा एमाले अध्यक्ष ओलीले भने, ‘४७ होइन, ५० भन्दा माथि जान्छ।