सुनको मूल्य स्थिर, चाँदीको घट्यो - Chaitanya News
  • 2026-05-26
  • 14:46:36
  • मंगलबार,जेठ १२, २०८३
  • सुनको मूल्य स्थिर, चाँदीको घट्यो

    सुनको मूल्य स्थिर, चाँदीको घट्यो

    काठमाडौँ– आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदीको मुल्य भने घटेको छ। अघिल्लो दिन प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँमा करोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही कायम भएको हो।

    यस्तै आज तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घट्दै १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।