काठमाडौं- एप्पलले भारतमा आईफोन १५ को उत्पादन सुरु गरेको छ। एप्पलको आपूर्तिकर्ता फक्सकनले भारतको तामिलनाडुस्थित आफ्नो प्लान्टमा आईफोनको नयाँ सिरिज उत्पादन थालेको हो।
एप्पलले भारतमा आफ्नो आईफोन उत्पादनको मात्रा बढाउँदै लगेको छ। सन् २०२२ मा मात्रै भारतमा सात अर्ब डलर बढी मूल्यको आईफोन एसेम्बल भएको थियो। भारतमा फक्सकन बाहेक पेगाट्रोन, टाटा ग्रुप जस्ता अन्य कम्पनीले पनि आईफोन १५ एसेम्बल गर्न लागेको बताइएको छ।
आउँदो सेप्टेम्बर महिनामा हुने ‘एप्पल इभेन्ट’मा आईफोन १५ सार्वजनिक हुँदैछ।