बालुवाटारको सरकारी जग्गा प्रकरणमा मुछिएका यी हुन् २८६ जना - Chaitanya News
  • 2026-11-16
  • 18:30:00
  • सोमबार,मंसिर ०१, २०८३
  • बालुवाटारको सरकारी जग्गा प्रकरणमा मुछिएका यी हुन् २८६ जना

    बालुवाटारको सरकारी जग्गा प्रकरणमा मुछिएका यी हुन् २८६ जना

    काठमाडौँ– बालुवाटारको सरकारी जग्गा हडप्ने कार्यमा सङ्गठित रूपमा किर्ते गरेर राज्यलाई ठगी तथा हानि नोक्सानी पुर्‍याएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले २८६ जनालाई प्रतिवादी बनाउन राय दिएको छ। जसमध्ये पूर्वमन्त्री, कर्मचारी, व्यापारी, बिचौलिया आदि विभिन्न व्‍यक्तिहरूको नाम मुछिएको छ।

    बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रको सरकारी जग्गा बिक्री प्रकरणमा काँग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत यसअघि नै भ्रष्टाचार मुद्दा दर्ता गराएको थियो।