अध्यागमन विभागका महानिर्देशक अधिकारीको जिम्मेवारी खोसियो - Chaitanya News
  • 2026-11-16
  • 18:30:09
  • सोमबार,मंसिर ०१, २०८३
  • अध्यागमन विभागका महानिर्देशक अधिकारीको जिम्मेवारी खोसियो

    अध्यागमन विभागका महानिर्देशक अधिकारीको जिम्मेवारी खोसियो

    काठमाडौँ– अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीको जिम्मेवारी खोसिएको छ।

    सुन तस्करीमा जोडिएका दावा छिरिङसँगको सम्बन्धको विषय बाहिर आएसँगै अधिकारीलाई महानिर्देशको जिम्मेवारीबाट हटाउँदै मन्त्रालयमा तानिएको हो। दावासँगको सम्बन्ध र सुन तस्करीमा उनको संलग्नताबारे छानबिनका लागि मन्त्रालय तानिएको मन्त्रालय स्रोतले जनाएको छ।

    महानिर्देशक अधिकारीलाई मन्त्रालयमा तानिएसँगै विभागमा कसलाई पठाउने भन्नेबारे तत्काल निर्णय नभइसकेको बुझिएको छ।