बालेनले क्यानविरुद्ध दिएको रिट खारेज, जरिवाना तिराउने बाटो खुला - Chaitanya News
  • 2026-11-16
  • 18:57:50
  • सोमबार,मंसिर ०१, २०८३
  • बालेनले क्यानविरुद्ध दिएको रिट खारेज, जरिवाना तिराउने बाटो खुला

    बालेनले क्यानविरुद्ध दिएको रिट खारेज, जरिवाना तिराउने बाटो खुला

    काठमाडौँ– काठमाडौं महानगरपालीकाका मेयर बालेन साहाले क्यानविरुद्ध दिएको रिट खारेज भएको छ।

    उच्च अदालत पाटनका न्यायाधीश दुर्गावहादुर विश्वकर्मा र रमेश ढकालको संयुक्त इजलासले बुधवार बालेनको रिट खारेज गर्दै महानगरपालिका र मेयर साहलाई कारबाही गर्ने क्यानको निर्णय कार्यान्वयनको बाटो खुलाएको हो।

    त्रिभुवन विमानस्थलको संवेदनशील क्षेत्रमा लगाइएको तारबार भत्काएपछि क्यानले बालेनलाई ५० हजार जरिवाना तिराउने निर्णय गरेको थियो। सो निर्णयविरुद्ध बालेन अदालत गएका थिए।

    क्यानले बालेनलाई ५० हजार जरिवानासहितको कारबाही किन नगर्ने भनी स्पष्टीकरण सोधेपछि उनी असार ७ गते अदालत गएका थिए। अदालतले तत्काल स्पष्टीकरण नसोध्न अन्तरिम आदेश दिएको थियो।

    न्यायाधीश धिरवहादुर चन्दको एकल इजलासले दिएको अन्तरिम आदेश अब रिट खारेजीसँगै खारेज भएको छ। अब बालेनलाई र काठमाडौँ महानगर प्रहरीका प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने बाटो क्यानलाई खुलेको छ।