काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको गिरीबन्धु टी स्टेटको जग्गाका विषयमा छानबिन गर्न जरुरी नरहेको बताएका छन्। आज (बुधबार) पत्रकारहरुसंग कुरा गर्दै उनले यस्तो बताएका हुन्। तर, सरकारलाई छानबिन गर्न मन लागे गर्न उनको सुझाव छ।
पूर्व प्रधानमन्त्री ओलीले गिरीबन्धु टी स्टेटको करिब २८० बिगाहा जग्गा सट्टापट्टा गर्ने तत्कालीन सरकारको निर्णयको बचाउ गरे। उनले विनाकानून जग्गा सट्टापट्टा गर्ने गरिएपछि आफ्नो पार्टी नेतृत्वको सरकारले कानून बनाएर व्यवस्थित गर्ने काम गरेको स्पष्ट पारे।