सेयर बजार २९.४७ अंकले बढ्यो - Chaitanya News
  • 2026-05-26
  • 14:46:38
  • मंगलबार,जेठ १२, २०८३
  • काठमाडौ–  बुधबार सेयर बजार २९.४७ विन्दुले बढेर २०४५.४५ अंकमा आइपुगेको छ। ३ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि हुँदा १ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

    नेप्से सूचकले १९९० आसपासको विन्दुलाई बटम बनाएर फर्किएपछि सकारात्मक माहोल देखिएको हो।

    यसअघि २२ सय भन्दा माथि पुगेको बजार मौद्रिक नीतिपछि भने निरन्तरजसो घटेको यियो।यसरी घटेको बजार सोमबार २ हजार विन्दुभन्दा पनि तल झरेको थियो।

    त्यसपछि भने बजार बाउन्स ब्याक भएको हो। यस दिन २७३ कम्पनीको ४२ लाख ३७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ।