काठमाडौँ– जनमत पार्टीका अध्यक्ष सीके राउत भाजपाको मुख्यालय नयाँ दिल्लीमा पुगेका छन्। भाजपाका विदेश विभाग इन्चार्ज विजय चौथाईवालेसँग उनी र उपाध्यक्ष दीपक साहले बुधबार दिउँसो भेट गरेका हुन्।
भाजपाले ट्विट गर्दै जनमत पार्टी अध्यक्षसँग दुई पार्टीबीचको सम्बन्ध आदानप्रदान, बिस्तार तथा घनिष्ठता वृद्धि गर्दै जाने बारेमा छलफल भएको जानकारी दिएको छ। उसले राउत र भाजपा नेता चौथाईवालेको तस्बिर समेत राखेको छ।