काठमाडौं– संसद सञ्चालन गर्न दलहरुबीच दुईबुँदे सहमति भएको छ।
आज (ब्धबार) प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु उपस्थित थिए। बैठकमा सहभागी एक नेताका अनुसार दुई बुँदे सहमतिको मस्यौदा तयार भएको छ। केहीबेरमा औपचारिक रुपमा हस्ताक्षर हुनेछ।
उच्चस्तरीय आयोग गठनको माग गर्दै एमालेले १० साउनदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ। संसदको अर्को बैठक आजै ३ बजेका लागि बोलाइएको छ।