प्रधानमन्त्री दाहाल भदौ ३० गते अमेरिका जाँदै, मन्त्रिपरिषद्‍बाट भ्रमण स्वीकृत - Chaitanya News
  • 2026-11-16
  • 18:58:00
  • सोमबार,मंसिर ०१, २०८३
  • प्रधानमन्त्री दाहाल भदौ ३० गते अमेरिका जाँदै, मन्त्रिपरिषद्‍बाट भ्रमण स्वीकृत

    प्रधानमन्त्री दाहाल भदौ ३० गते अमेरिका जाँदै, मन्त्रिपरिषद्‍बाट भ्रमण स्वीकृत

    काठमाडौं– मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत गरेको छ।

    आज बिहान बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावमा प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको हो।
    प्रधानमन्त्री दाहाल न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका जाँदैछन्।

    भ्रमणका क्रममा प्रधानमन्त्री दाहाल अल्पविकसित मुलुकहरूका अध्यक्षको हैसियतले विभिन्न साइडलाइन बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ। असोज पहिलो सात प्रधानमन्त्री दाहाल अमेरिकाबाटै चीन जाने कार्यतालिकासमेत रहेको छ।