काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ।
मंगलबार प्रतितोला २०० रुपैयाँले बढेको छापावाल सुन आज प्रतितोला १०० रुपैयाँ बढेर कारोबार भएको हो। चाँदी आज प्रतितोला १० रुपैयाँ बढेर कारोबार भएको हो। मंगलबार भआज छापावाल सुन प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको हो । मंगलबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा करोबार भएको छ।
चाँदी आज प्रतितोला एक हजार ४२५ रुपैयाँमा कारोबार भएको छ। मंगलबार चाँदी प्रतिताला एक हजार ४१५ रुपैयाँमा करोबार भएको थियो ।ने चाँदी प्रतितोला २५ रुपैयाँ बढेर कारोबार भएको थियो।