काठमाडौं– गर्मी महिनामा आफ्नो हात र शरिरका विभिन्न अंगको सफाईमा ध्यान दिनु पर्छ। गर्मी मौसममा डिहाइड्रेसन, भोक नलाग्नु र धेरै पसिना आउने कारण शरिरको तापक्रम साधारण हुँदैन र थुप्रै रोग लाग्न सक्ने सम्भावना हुन्छ, यति मात्रै नभएर गर्मी महिनामा सकेसम्म धेरै पानि पिउनु पछर्। यस्तै गर्मी महिनामा के खादा राम्रो हुन्छ त?
पानी:
शरीरका नसा र कोशिकाहरूलाई पानीले सिंचित गरिराख्न शरीरमा पानीको मात्रा कम हुन दिनु हुँदैन। गर्मी महिनामा घामको सिधा असर हुने भएकाले शरिरलाई अत्यधिक पानीको आवश्यकता पर्दछ। यसर्थ, आफ्नै घरमा सफा गरिएको अथवा उमालेको पानी बोत्तलमा बोकेर हिँड्ने र पानी पिइरहने गर्दा सबैभन्दा राम्रो हुन्छ।
गोल्भेडा:
यस्तै गोलभेँडामा पनि लाइसोपेन नामक तत्व पाइन्छ। यसले घामको रापबाट छालालाई डढ्नबाट जोगाउँछ। तर कतिपय ठुला जातका गोल्भेडाहरुमा बढि विसादी प्रयोग भएका हुनाले केही घण्टा गोल्भेडालाई पानीमा भिजाएर या डुबाएरपछि मात्र जुस, पेष्ट या अचार बनाएर खाँदा राम्रो हुन्छ।
खरबुजा:
यस्तै शरीरमा डिहाइड्रेसन भयो भने दिमाग बोधो हुने र मुड ठीक नहुने समस्या हुने भएकाले प्रशस्त पानी भएका यस्ता फलफुलको प्रयोग आवश्यक छ। गर्मीमा पिसाब र पसिना मार्फत शरीरमा रहेको पानी बढी मात्रामा निकास हुने भएकाले पानीको मात्रा बढी भएको खरबुजा जस्ता फलफूल नियमित खाने प्रयास गर्नुपर्छ।
काँक्रो:
यस्तै काँक्रोमा फाइबर, पोटासियम र म्याग्नेसियम पनि प्रशस्त पाइन्छन्। काँक्रोमा पानीको मात्रा बढी पाइने भएकाले यसले शरीरलाई डिहाइड्रेट हुनसमेत दिँदैन। तसर्थ, गर्मीमा खानासँगै काँक्राको सलाद नछुटाउनु ज्यादै लाभदायक हुन्छ।
दही:
यो समयमा संक्रमणको जोखिम उच्च हुने तथा त्यसबाट पाचन क्रियासम्बन्धी समस्याहरु निम्तिने डर हुन्छ। गर्मी याममा खानपानको विषयमा अपनाउनुपर्ने सावधानी सँगै खानामा दही समावेश गराउनु निकै फाइदाजनक हुन्छ। दहीको नियमित सेवनले गर्मी याममा स्वास्थ्य तथा सुन्दरतालाई प्रवर्धन गर्न सहयोग पूराउँछ।
गाजर:
गाजर पनि गर्मी मौुमका लागि अत्य्नत आवश्यक मानिन्छ। सिधै गाजर खाँदा त झनै राम्रो। तर ख्याल गर्नुहोस्, गाजरमा विभिन्न चिरा परेका ठाउँमा फोहरहरु रहने भएकाले तीनलाई राम्रोसँग खुर्केर र पखालेर मात्र खानु होला।
पुदिना:
पुदिनामा भिटामिन ‘ए’ को मात्रा धेरै हुने भएकाले मानव स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ। यसले अनुहार चम्किलो बनाउन पनि सहयोग गर्छ। यो गर्मीका समयमा स्वास्थ्यका लागि झन् बढी फाइदाजनक मानिन्छ।