सुर्खेत– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारले सुशासनका नाममा भ्रष्टाचारीको संरक्षण गरेको बताएका छन। आज (बुधबार) वीरेन्द्रनगरमा सञ्चारकर्मीहरुसंग कफी रकुरा नामक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्। यस्तै उनले गठबन्धनको सरकारले ‘सुशासन अभियान’को नाममा भ्रमको खेती गरेको आरोप लगाए।
‘अहिलेको सरकारले जे गरिरहेको छ यसरी देश चल्छ? नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवासको अनुसन्धान र सुनकाण्डलाई हेर्दा यसलाई कसरी सुशासनका लागेको सरकार भन्ने?यी सबै काम सरकारकै डिजाइनमा भएको प्रष्ट देखिन्छ,’ महासचिव पोखरेलले भने, ‘दण्डित हुनुुपर्ने सरकार सुशासनको नाम दिएर भ्रमको खेती गरिरहेको छ।
उनले सुनको अवैध कारोबार गर्न पशुपति सुन काण्ड बाहिर ल्याइयो आरोपसमेत लगाए। ‘दुई महिना अघि नक्कली कम्पनी खडा गरेर हंङ्ककङ्गबाट पानितान्ने पम्प र ब्रेक सुलाई जहाज चढाएर ल्याउने पर्ने कारण सुन तस्करीकै लागि रहेछ। ब्रेक सुको तौल कति हुन्छ भनेर भन्न नपाइने, अध्यागमनमा समातिएको सामान तीन दिनपछि हराउँदा पनि हामीले मान्नू पर्ने? उनले सरकारलाई प्रश्न गर्दै भने, ‘यो प्रकरणमा सत्तापक्ष नै संलग्न छ भन्ने कुराको निष्कर्षका आधारमा हामीले उच्च स्तरीय छानबिन समिति गठनको माग गरेका हौं।
पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरण पनि सरकारको चाहनाले भन्दा पनि अमेरिकन दबाबले अघि बढेको बताए। यस प्रकरणमा पनि निष्पक्ष छानबिन हुन नसकेको उनको आरोप छ। ‘नक्कली भुटानी शरणार्थी मुद्दामा गृहको नक्कली प्रतिवेदनका आधारमा एमालेमाथि आरोप लगाउने काम गरियो। सक्कली प्रतिवेदन भेटिएपछि यो सेलायो तर बाहिर सरकारले नक्कली प्रतिवेदनका आधारमा भ्रम सिर्जना गरियो,’ उनले भने।
ललिता निवास प्रकरणको घरमा मुछिएकाहरूलाई घर घरमा गएर अनुसन्धान तथा बयान लिएकोमा पनि उनले सीआईबीको आलोचना गरे। उनले थपे, ‘मुख्यव्यक्तिहरुको छानबिन सुरु हुने कुरा भयो। राय सुझावका आधारमा अनुसन्धान गर्ने नाटक गरियो। घरमा गएर अनुसन्धानदाता आफैंले निष्कर्ष निकालेर अनुसन्धान अघि बढ्यो। यो कस्तो अनुुसन्धान हो?