नेपाल सूचना प्रविधिको विकासका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न इच्छुक छौँ : मन्त्री शर्मा - Chaitanya News
  • 2026-05-26
  • 13:52:59
  • मंगलबार,जेठ १२, २०८३
  • नेपाल सूचना प्रविधिको विकासका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न इच्छुक छौँ : मन्त्री शर्मा

    नेपाल सूचना प्रविधिको विकासका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न इच्छुक छौँ : मन्त्री शर्मा

    काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल सूचना प्रविधिको विकासका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न इच्छुक रहेको बताएकी छन्।

    सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा आज नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइयोङसँगको भेटमा मन्त्री शर्माले राष्ट्रिय हितलाई ध्यान दिँदै सूचना प्रविधिको विकासका लागि सबैसँग सहकार्य गर्न तयार रहेको बताइन्।

    सूचना प्रविधिलाई समृद्धिको प्रमुख आधारको रूपमा नेपाल सरकारले लिएको जानकारी दिँदै उनले नेपाल सरकारले यो वर्षदेखि वार्षिक पुँजीगत बजेटको एक प्रतिशत आविष्कार र नवप्रवर्तनमा लगाउने घोषणा गरेको बताइन्।

    भर्खरै मात्रै साइबर सुरक्षा नीति जारी गरेको उल्लेख गर्दै मन्त्री शर्माले चाँडै साइबर सुरक्षा केन्द्र स्थापना गर्ने तयारीमा रहेको जानकारी दिइन्। अहिले चलिरहेको डाटा सेन्टर स्थापनामा कोरियाले गरेको सहयोगको स्मरण र प्रशंसा गर्दै उनले यसलाई थप सुरक्षित र भरपर्दो बनाउन लागिएको जानकारी दिए।

    चालु आर्थिक वर्षभित्र सबै वडा तहसम्म इन्टरनेट सुविधा पुर्‍याउने तयारी गरिएको जनाउँदै मन्त्री शर्माले देशभर फाइभजी सेवा विस्तार गरिने बताए। सबै वडा तहसम्म इन्टरनेट विस्तार गर्दा नेपालमा सूचना प्रविधिको क्षेत्रमा नयाँ फड्को हुनेछ”, मन्त्री शर्माले भनीन्, “नेपालको सूचना तथा सञ्चार प्रविधिको विकासका लागि कोरियालगायत अन्तर्राष्ट्रिय समुदायसँग जिटुजी, पिटुपी ९सरकार–सरकार, जनता–जनता० सहयोग आदानप्रदान गर्न हामी इच्छुक छौँ।