काठमाडौँ– नेकपा एमाले कोशी सरकारविरुद्ध फेरि अदालतमा जाने भएको छ। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानको हुर्मत लिएर विश्वासको मत लिएको भन्दै एमाले बदरको मागसहित सर्वोच्च अदालत जाने भएको हो ।
प्रदेश नियमावली र संविधानका धारालाई छलेर थापाले जबरजस्ती विश्वासको मत पाएको घोषणा गरिएको भन्दै अदालत जाने तयारी भएको एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले बताए।
उनले संसदीय दलले समेत रिट दायर गर्ने निर्णय गरेको बताए। भोलि नै रिट दर्ता गराउने एमालेको तयारी छ।
प्रेस चौतारी नेपाल कोशी प्रदेश कमिटीको प्रथम साधारण सभामा बोल्दै नेता कार्कीले एमालेसँग अर्को विकल्प नभएको बताए।
‘प्रदेश नियमावली र संविधानका धारा छलेर जाने ठाउँ छैन, त्यसविरुद्ध हामी कोर्ट जान्छौँ, हामीसँग अर्को विकल्प छैन’, नेता कार्कीले भने।