सेयर बजार १७ अंकले बढ्यो - Chaitanya News
  • 2026-05-26
  • 13:53:48
  • मंगलबार,जेठ १२, २०८३
  • काठमाडौँ– आज मंगलबार सेयर बजार १७.६९ अंकको वृद्धि भएको छ।

    कारोबार सुरुवाती समयमा बढेर सुरु भएको नेप्सेले केही तलमाथि हुँदै अन्तिमसम्म नै वृद्धि कायम राख्यो। कारोबार बन्द हुँदासम्म परिसूचक २०१५ अंकमा पुगेर रोकिएको हो।

    ०.८८ अंकको सुधारसँगै आज नेप्सेमा १ अर्ब ३३ करोड २५ लाख रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर किनबेच भएको छ। यसक्रममा आज १८१ कम्पनीको सेयर मूल्य बढेको छ भने ४२ कम्पनीको घटेको छ। यस्तै, ४ कम्पनीको सेयर मूल्य स्थिर छ।

    परिसूचक दोहोरो अंकले बढ्दा कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ। यससँगै, कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५२ रुपैयाँले बढेर ५७९ रुपैयाँ पुगेको छ। यस्तै, आज लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा समेच ४.४२ प्रतिशतको गिरावट आएको छ।

    परिसूचक दोहोरो अंकले बढ्दा कारोबारमा आएको सबै १३ वटै समूहको सूचक बढेको छ। आज सबैभन्दा धेरै निर्जीवन बीमा समूहको सूचक १२२ अंक, उत्पादनमूलक समूहको सूचक ८३ अंक र होटल र टुरिजम समूहको सूचक ७० अंकले बढेको छ। यस्तै, जीवन बीमा समूहको सूचक ५० अंघ बढेको छ भने विकास बैंक समूहको सूचक ४३ अंकले बढेको छ।

    आजको वृद्धि नेप्सेमा साताको तेस्रो कारोबार दिनमा पहिलो हो। यसअघि, आइतबार नेप्से २१ अंकले घटेको थियो भने सोमबार १२ अंकले घटेको थियो। यस्तै, गत साताको ५ कारोबार दिनमा समेत नेप्से परिसूचक तीन दिन घट्दा दुई दिन भने बढेको थियो।