चार पूर्वमन्त्रीलाई प्रतिवादी बनाउन सीआईबीको सिफारिस - Chaitanya News
  • 2026-11-16
  • 18:58:30
  • सोमबार,मंसिर ०१, २०८३
  • चार पूर्वमन्त्रीलाई प्रतिवादी बनाउन सीआईबीको सिफारिस

    चार पूर्वमन्त्रीलाई प्रतिवादी बनाउन सीआईबीको सिफारिस

    काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चार पूर्वमन्त्रीलाई प्रतिवादी बनाउन सिफारिस गरेको छ।

    ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सीआइबीले पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी, विजयकुमार गच्छदार, सञ्जय साह र डम्बरबहादुर श्रेष्ठलाई प्रतिवादी बनाउन सिफारिस गरेको हो।

    ५७ दिन लगाएर तयार गरिएको अनुसन्धान प्रतिवेदनमा सीआईबीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँलाई बुझाएको छ।