भ्रष्टचार सम्बन्धी खोलिएको फाइल पनि बन्द हुने खतरा खतरा : प्रदीप पौडेल - Chaitanya News
  • 2026-11-16
  • 19:14:11
  • सोमबार,मंसिर ०१, २०८३
  • भ्रष्टचार सम्बन्धी खोलिएको फाइल पनि बन्द हुने खतरा खतरा : प्रदीप पौडेल

    भ्रष्टचार सम्बन्धी खोलिएको फाइल पनि बन्द हुने खतरा खतरा : प्रदीप पौडेल

    काठमाडौं– नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले भ्रष्टचार सम्बन्धी खोलिएको फाइल पनि बन्द हुने खतरा रहेको बताएका छन्। चितवन रत्ननगर नगरको पार्टी समिति सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।

    नेकपा माओवादी केन्द्रका नेता भ्रष्टचार प्रकरणमा मुछिएको देखिन थालेपछि अनुसन्धान भइरहेका फाइल बन्द रोक्ने खतरा रहेको पौडेलले बताए। ‘सुरु सुरुमा प्रधानमन्त्रीका भनाईमा पत्यार लाग्थ्यो। अहिले आफ्ना मान्छे पर्न थालेपछि अब नयाँ खोलिने त सम्भावना छैन। पुराना खोलिएका पनि बन्द हुने खतरा छ,’ पौडेलले भने।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री व्यवहार प्रति असन्तुष्टि जनाए। ‘फाइल खोलेपछि आफ्ना नपर्ने अरुको मात्रै पर्ने भन्ने हुँदैन। आफ्ना पर्न थालेपछि भ्रष्टचारको अनुसन्धानको यात्रा अड्किएको देखियो,’ पौडेलले भने।

    वर्तमान सरकारले नागरिकका पक्षमा अरु केही कार्य नगरेको उनले बताए। ‘भ्रष्टचारका अलि अलि फाइल खोल्न खोजेको छ,’ पौडेलले भने,‘फाइल खोेलेर प्रधानमन्त्री जस लिन खोज्नुहुन्छ। हामी पछाडी बसेर अँध्यारो भइरहेका छौं।’

    प्रधानमन्त्री प्रचण्ड आफ्नो बलले नभई कांग्रेसको शक्तिले पदमा पुगेको हेक्का राख्न उनले सुझाए।