चीन भ्रमणको बारेमा जानकारी दिँदै प्रधानमन्त्रीले भने: चीनमा पनि बिजुली बेच्‍ने योजना छ - Chaitanya News
  • 2026-11-16
  • 19:14:06
  • सोमबार,मंसिर ०१, २०८३
  • चीन भ्रमणको बारेमा जानकारी दिँदै प्रधानमन्त्रीले भने: चीनमा पनि बिजुली बेच्‍ने योजना छ

    चीन भ्रमणको बारेमा जानकारी दिँदै प्रधानमन्त्रीले भने: चीनमा पनि बिजुली बेच्‍ने योजना छ

    चितवन — प्रधानमन्त्री पुष्पकमल दाहालले चीनसँग पनि विद्युत बेच्ने योजना रहेको बताएका छन्। आज (मंगलबार) भरतपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले आफ्नो चीन भ्रमणको बारेमा जानकारी दिँदै चीनतिर पनि व्यापारका लागि अन्तर्राष्ट्रिय प्रसारण लाइन बनाउने तयारी गरिरहेको बताए।

    ुकेही समयपछि म चीन भ्रमणमा जाँदैछु। चीनतिर पनि व्यापार गर्नका लागि अन्तर्राष्ट्रिय प्रसारण लाइन बनाउने तयारी हामीले गरिरहेका छौं,प्रधानमन्त्री दाहालले भने।

    यस्तै आफू भारत भ्रमणमा जाँदा भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत व्यापार गर्ने प्रारम्भिक सम्झौता भएको उनले बताएका थिए। भारत, नेपाल र बंगलादेशबीच त्रिपक्षीय सैद्धान्तिक समझदारी बनेका कारण बंगलादेशसँग पनि विद्युत व्यापार गर्ने बाटो खुलेको प्रधानमन्त्री दाहालको भनाइ थियो।

    ुहाम्रो विद्युत उत्पादन क्षमता राम्रो छ। तर आउँदो २५–३०–४० वर्षसम्म देशभित्रै खपत गर्न धेरै नै कठिन छ। त्यसैले बढी भएको विद्युत अन्तरदेशीय व्यपार गर्न आवश्यक छ, प्रधानमन्त्री दाहालले भने।