अहिले गठबन्धनबाट बाहिरिने अवस्था छैन : अध्यक्ष नेपाल - Chaitanya News
  • 2026-11-16
  • 19:13:41
  • सोमबार,मंसिर ०१, २०८३
  • अहिले गठबन्धनबाट बाहिरिने अवस्था छैन : अध्यक्ष नेपाल

    अहिले गठबन्धनबाट बाहिरिने अवस्था छैन : अध्यक्ष नेपाल

    काठमाडौं– एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले अहिले गठबन्धनबाट बाहिरिने अबस्था नभएको बताएका छन्।

    आज (मंगलबार) सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रस्ताव पेश गर्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले एमालेबाट गरेको विद्रोह औचित्यपूर्ण रहेको बारम्बार पुष्टि भएको दाबी समेत गरे। प्रतिगमनलाई परास्त गरेको, संविाधन र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा भएको भन्दै उनले भने, ‘हामीले विद्रोह नगरेको भए यी सब काम हुने थिएन।’

    सरकारको स्थिरतामा अहिले प्रश्न उठिरहेको भएपनि अहिले तत्काल गठबन्धन बदलिने र आफूहरु गठबन्धनबाट बाहिर निस्कने अवस्था नभएको अध्यक्ष नेपालले बताएका छन्।