ललिता निवासलाई न्याय गरे: सीआईबी प्रमुख बज्राचार्य - Chaitanya News
  • 2026-11-16
  • 19:14:46
  • सोमबार,मंसिर ०१, २०८३
  • ललिता निवासलाई न्याय गरे: सीआईबी प्रमुख बज्राचार्य

    ललिता निवासलाई न्याय गरे: सीआईबी प्रमुख बज्राचार्य

    काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) कि निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले ललितानिवासलाई आफूले न्याय गरेको बताएकी छन्।

    सीआईबीले मंगलबार चार पूर्वमन्त्रीसहित दुई सय भन्दा बढीलाई प्रतिवादी बनाएर सरकारी कागजात किर्ते तथा संगठित अपराधको कसुरमा मुद्दा चलाउन सरकारी वकिल कार्यालय काठमाडौंलाई रायसहितको प्रतिवेदन बुझाएको छ।

    उक्त प्रतिवेदन बुझाएपछि अनलाइनखबरसँग कुरा गर्दै बज्राचार्यले भनिन्, ‘ललितानिवासको सरकारी जग्गा हडपिएको प्रकरणमा मेरो आफ्नो वर्कत, क्षमता र अधिकारले भ्याएसम्म न्याय गर्ने कोशिस गरेको छु। बाँकी अभियोजन गर्ने जिम्मा सरकारी वकिलको हो।

    उनले पहिले नै रोकिएको मुद्दालाई सीआईबीले फेरि ब्यूँताएर अनुसन्धान गरी प्रतिवेदन बुझाएको बताइन्। ‘यो अवधिमा कमसेकम पूर्वप्रधानमन्त्रीहरुसँग कागज गर्नेदेखि पूर्वमन्त्रीहरुसँग बयान लिनेसम्म काम भएको छ’, एआईजी बज्राचार्यले भनिन्, ‘सीआईबीले निकै दुःख र इमान्दारिताका साथ काम गरेको छ।’