सुन तस्करी प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठनको मस्यौदा समितिको बैठक बस्दै - Chaitanya News
  • 2026-11-16
  • 19:15:01
  • सोमबार,मंसिर ०१, २०८३
  • सुन तस्करी प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठनको मस्यौदा समितिको बैठक बस्दै

    सुन तस्करी प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठनको मस्यौदा समितिको बैठक बस्दै

    काठमाडौँ– सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको मस्यौदा समितिको प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्दै छ।

    मस्यौदा समितिमा सदस्य रमेश लेखकले भने, ‘ उच्चस्तरीय छानबिन समितिको कार्यादेश र संरचनाबारे छलफल हुन्छ। हामीले त्यसको मस्यौदा तयार पार्छौँ।’

    सोमबार बसेको प्रमुख राजनीतिक दलको शीर्ष नेताहरूको बैठकमा सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउन सहमति भएको थिए। बैठकले छानबिन समितिको कार्यादेश र संरचनाको ड्राफ्ट बनाउने जिम्मा एमालेका सुवास नेम्वाङ, कांग्रेसका रमेश लेखक र माओवादी केन्द्रका हितराज पाण्डेलाई दिइएको थियो।

    समितिले तयार पारेको मस्यौदामा २ बजे शीर्ष नेताहरूको हस्ताक्षर गर्ने बुझिएको छ। त्यसपछि ३ बजे हुने संसद्को बैठक सुचारु गर्ने सहमति प्रमुख दलहरुबीच सहमति भएको छ।