काठमाडौं– नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्। हिजो (सोमबार) सर्वोच्च अदालतको ३१ औं प्रधानन्यायाधीशमा नियुक्त भएका श्रेष्ठले आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडैलसमक्ष पद तथा गोपनीयताको शपथ लिन लागेका हुन्।
संवैधानिक परिषद्को सिफारिसमा सोमबार राष्ट्रपतिले श्रेष्ठलाई संविधानको धारा (२) को (२) बमोजिम प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन्।