काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणको शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका दुई एसएसपीको जिम्मेवारी खोसियको छ। अनुसन्धानमा खटिएका उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुखको जिम्मेवारी खोसिएको हो।
गृह मन्त्रालयले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसी र काठमाडौँ प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको हो।केसीको ठाउँमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा रहेका एसएसपी सोमेन्द्रसिंह राठौरलाई पठाइएको छ भने काठमाडौँ प्रहरी परिसर, टेकुमा एसएसपी भूपेन्द्र खत्रीलाई पठाइएको छ।