मोरङ— कोशी प्रदेशमा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले संविधान र कानुनको हुर्मत लिएर गैरसंवैधानिक रूपमा विश्वासको मत लिन खोजेको आरोप लगाएका छन्। उनले विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिंदै उनले एमालेले यसलाई सामान्य रूपमा नलिने बताए।
उनले उपसभामुख सिर्जना दनुवारले मुख्यमन्त्री थापालाई विश्वासको मत लिने सम्पूर्ण व्यवस्था मिलाएर स्वास्थ्योपचारका लागि काठमाडौंस्थित गंगालाल हृदय रोग प्रतिष्ठानमा भर्ना भएको अवस्थामा कसैको स्वास्थ्य संवेदनशीलता प्रति प्रश्न उठाउनु उपयुक्त नभएको भन्दै प्रश्न उठाए।
छलफलमा माओवादीका नेता इन्द्रबहादुर आङ्बो र नेकपा एसका नेता राजेन्द्रकुमार राईले उपसभामुख दनुवारले बिरामी भएको नाटक मञ्चन गरेको भन्दै प्रश्न उठाएका थिए। उनीहरूले संविधानको धारा १८६ मा विधेयकमाथिको प्रस्तावमा मात्रै सभाको अध्यक्षता गर्नेले निर्णायक मत दिन पाउने भएको र अहिले धारा १८८ अनुसार विश्वासको मत लिनेमा सभाको अध्यक्षले मतदान गर्न सक्ने व्यवस्था रहेको बताएका थिए।