कोशी प्रदेशमा विश्वासको मत लिन प्रदेश सभा बैठक सुरु - Chaitanya News
  • 2026-11-16
  • 19:58:15
  • सोमबार,मंसिर ०१, २०८३
  • कोशी प्रदेशमा विश्वासको मत लिन प्रदेश सभा बैठक सुरु

    कोशी प्रदेशमा विश्वासको मत लिन प्रदेश सभा बैठक सुरु

    काठमाडौँ– कोशी प्रदेश सभाको बैठक सुरु भएको छ। अध्यक्ष मण्डलमा रहेका इस्राईल मन्सुरीले प्रदेशसभाको अध्यक्षता गरेका छन्। आज कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले विश्वासको मत लिने कार्यसूची तय भएको छ।

    बैठकमा उपसभामुखसहित एमाले र राप्रपाका ज्येष्ठ सदस्य अनुपस्थित छन्। सभामा प्रतिपक्षका ३० जना सांसद उपस्थित छन्।

    गठबन्धनले संविधानको प्रावधान नै मिचेर अध्यक्षता गरिरहेका सांसदबाट विश्वासको मतको पक्षमा मतदान गराई बहुमत पुर्‍याउने तयारी गरेको छ।