उपसभामुखले स्वास्थ्यमा अनुचित लाञ्छना लगाएको एमालेका नेता भण्डारीको आरोप - Chaitanya News
  • 2026-11-16
  • 19:57:55
  • सोमबार,मंसिर ०१, २०८३
  • उपसभामुखले स्वास्थ्यमा अनुचित लाञ्छना लगाएको एमालेका नेता भण्डारीको आरोप

    उपसभामुखले स्वास्थ्यमा अनुचित लाञ्छना लगाएको एमालेका नेता भण्डारीको आरोप

    विराटनगर– नेकपा एमालेका नेता रेवतीरमण भण्डारीले कोशी प्रदेशसभाकी उपसभामुख सृजना दनुवारको स्वास्थ्य अवस्थामाथि अनुचित लान्छना लगाएको आरोप लगाएका छन।

    आज (सोमबार) कोशीका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभामा विश्वासको मत लिँदैछन्। सोमबार बिहान उपसभामुख सृजना दनुवार स्वास्थ्यको कारण देखाउँदै काठमाडौं आएकी छन्।

    सत्ता गठबन्धन दलका नेताहरुले उपसभामुखले मुख्यमन्त्रीलाई विश्वासको मत लिन बाधा पु¥याएको आरोप लगाएका थिए। तर एमाले संसदीय दलका प्रमुख सचेतक भण्डारीले उपसभामुखले जिम्मेवार ढंगले आफ्नो भूमिका निर्वाह गरेको दाबी गरे।

    मुख्यमन्त्रीले सूचना सचिवालयमा दर्ता गर्नुभयो, उहाँले ४ गतेलाई समय तोक्नुभयो। समय तोक्दिन १३ गते कटाइदिन्छु भन्नुभएन’ भण्डारीले भने, ‘सभामा आउँदिन, अरुको भूमिका पनि तोक्दिन। १३ गते कटाइदिन्छु भन्नुभएन।

    उपसभामुखले आफू बस्न नसके पनि सभा सञ्चालनको वातावरण बनाएर काठमाडौं गएको उनले बता ।