एमाले र राप्रपालाई कोशीका मुख्यमन्त्रीले भने: सहमतिको राजनीति सुरु गरौं, मलाई विश्वासको मत दिनुस् - Chaitanya News
  • 2026-11-16
  • 19:58:20
  • सोमबार,मंसिर ०१, २०८३
  • एमाले र राप्रपालाई कोशीका मुख्यमन्त्रीले भने: सहमतिको राजनीति सुरु गरौं, मलाई विश्वासको मत दिनुस्

    एमाले र राप्रपालाई कोशीका मुख्यमन्त्रीले भने: सहमतिको राजनीति सुरु गरौं, मलाई विश्वासको मत दिनुस्

    विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले नेकपा एमाले र राप्रपालाइ आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन्। उनले आफूलाई मत दिएर सहमतीय राजनीतिलाई अगाडि बढाउन एमाले र राप्रपालाई पनि आह्वान गरेका हुन्।

    ‘प्रदेशमा स्थिरता र विकासका लागि मेरो नेतृत्वको सरकारलाई विश्वासको मत दिएर सहमतीय राजनीतिको अभ्यासलाई अघि बढाउन गठबन्धन दलका सबै सत्ता गठबन्धनका दलका साथै नेकपा एमाले र राप्रपासँग आवद्ध दलका माननीयहरुलाई आग्रह गर्न चाहन्छु।’

    मुख्यमन्त्री थापाले नामकरणको विरोधमा आन्दोलनरत पक्षसँग वार्ता र संवादमार्फत द्वन्द्व मेटाउँदै जाने बताएका छन्।

    प्रदेशसभाको बैठक नेपाली कांग्रेसका सांसद इस्माइल मन्सुरीले सञ्चालन गरेका छन्।