काठमाडौँ– काँग्रेस महामन्त्री गगनकुमार थापाले पहिचानका आधारमा प्रदेशको नामकरण भए समाजका द्वन्द्व हट्ने बताएका छन्। आज (सोमबार) पार्टी कार्यलय सानेपामा आयोजित प्रदिप गिरिको स्मृति दिवसमा बोल्दै उनले यस्तो बताएका हुन्।
यस्तै उनले आफू केही दिनअघि मात्रै झापा र इलाम पुगेर आएको भन्दै कोशी प्रदेशमा नामकरणको विषयलाई लिएर स्थिति थप पेचिलो बन्दै गइरहेको बताए।
पहिचानका आधारमा प्रदेशको नामकरण गर्दा समाजको द्वन्द्वलाई केही समयसम्मका लागि रोक्न सकिने स्व। गिरिको विचार काँग्रेसजस्तो मूल राजनीतिक पार्टीले प्राथमिकतामा राख्नुपर्ने महामन्त्री थापाले बताए। गिरिको विचारलाई जम्मा गरेर काँग्रेसले राख्ने हो भने मात्रै पनि २० वर्षसम्मका लागि काँग्रेसमा आउने समस्या सहजै समाधान गर्न सकिने महामन्त्री थापाको भनाइ छ।