काठमाडौँ– सेयर बजार दोहोरो अङ्कले घटेरको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से सूचक १२.९३ अङ्कले घटेर १९ सय ९८.२८ अङ्कको विन्दुमा झरेको हो। अघिल्लो दिन २१.९९ अङ्कले घटेर नेप्से सूचक २ हजार ११.२४ अङ्कको विन्दुमा अडिएको थियो।
उसो त आज कारोबार रकम समेत घटेर १ अर्ब ४० करोड ८९ लाखमा झरेको छ। हिजो झन्डै २२ अङ्कले नेप्से घटेको बजारमा १ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।
आज पनि १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ। हाइड्रोपावर समूहको उपसूचक आज पनि १.४० प्रतिशतले घटेको छ भने म्यानु एन्ड प्रो समूहको उपसूचक १.०७ प्रतिशतले र ट्रेडिङ समूहको उपसूचक १.१७ प्रतिशतले घटेको छ। अन्य १० वटा उपसूचक १ प्रतिशत कमले घटेका छन्।