काठमाडौँ– नेपाली कांग्रेसका नेता मिनबहादुर विश्वकर्माले मधेस र पहाडको विभेद मधेसी नेताधन्दा स्वर्गीय प्रदीप गिरिले बढी चिनेको बताएका छन्। आज (सोकबार) काठमाडौँको प्रज्ञाभवनमा स्कुलअफ डेमोक्रेशीद्वारा प्रदीप गिरिको स्मृतिमा आयोजित ‘प्रजातान्त्रिक समाजवादका आयामहरु’ विषय कार्यक्रम बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले भने,‘मधेस र पहाडको विभेद मधेसी नेताले कम चिन्नु हुन्थ्यो। तर प्रदीप गिरि छ्याङ थाहा पाउनु हुन्थ्यो। मधेसलाई विभेद भएको छ भन्नुहुन्थ्यो।’
विश्वकर्माले अगाडि भने, ‘जातीय विभेदले दलहरु सिद्धिन्छन्। जातीय विभेदविरुद्ध दलहरु लाग्नुपर्छ भन्नुहुन्थ्यो। कुनै एक धर्मका कुरा गर्यो भने उहाँले एजेण्डा नभएकाले धर्म बोक्ने हो भन्नुहुन्थ्यो। जसको एण्जेण्डा छैन। त्यसले धर्म बोक्छ भन्नुहुन्थ्यो।
प्रदीप गिरि सामाजिक अभियन्ता भएको उनको भनाइ छ। ‘कांग्रेस विभाजन हुँदा हामी सामाजिक रुपान्तरणका मुद्दा लेख्दै थियो। मुलुकमा द्वन्द्व थियो। प्रदीप गिरिले एकै लाइन भन्नुभयो। मुलुकमा शान्ति ल्याउने हो भने सामाजिक रुपान्तरणका कुरालाई पार्टीले बोक्नुपर्छ। भूगोलका दृष्टिले कर्णाली, विभेदका दृष्टिले दलित, मधेसी, थारु, मुस्लिम र लैंगिक समानताका विषयमा नबोल्ने हो भने दल नयाँ बनाएर के अर्थ रहन्छ भन्नुहुन्थ्यो।