सुनुवाइ समितिबाट प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको नाम अनुमोदन - Chaitanya News
  • 2026-11-16
  • 19:57:41
  • सोमबार,मंसिर ०१, २०८३
  • सुनुवाइ समितिबाट प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको नाम अनुमोदन

    सुनुवाइ समितिबाट प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको नाम अनुमोदन

    काठमाडौं– संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम अनुमोदन गरेको छ।

    आज (सोमबार) संघीय संसदको संसदीय सुनुवाइ समितिमा श्रेष्ठले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए भने सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिएका थिए। त्यसपछि संसदीय सुनुवाइ समितिले उनको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो।
    ्
    उनीविरुद्ध समितिमा तीन वटा मात्र उजुरी परेका थिए। उजुरीकर्ताहरूसँगको छलफलपछि सोमबारै श्रेष्ठको सुनुवाइ भएको हो। प्रस्तावित प्रधान न्यायाधीश श्रेष्ठले अदालतमा बिचौलियाको प्रभाव रहेकाले त्यसलाई नियन्त्रण गर्नका लागि आफू कठोर भएर लाग्ने प्रतिबद्धता समितिमा गरेका छन्।

    संवैधानिक परिषदको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि संसदीय समितिले सुनुवाइ प्रक्रिया सुरु गरेको थियो। सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि अब राष्ट्रपतिले श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन्।