सरकारले विभिन्न समयका भ्रष्टचारलगायत प्रकरणका फाइल खुल्नुपर्छ : महामन्त्री थापा - Chaitanya News
  • 2026-11-16
  • 20:11:27
  • सोमबार,मंसिर ०१, २०८३
  • सरकारले विभिन्न समयका भ्रष्टचारलगायत प्रकरणका फाइल खुल्नुपर्छ : महामन्त्री थापा

    सरकारले विभिन्न समयका भ्रष्टचारलगायत प्रकरणका फाइल खुल्नुपर्छ : महामन्त्री थापा

    दमक– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सबै प्रकरणका फाइल खुल्नुपर्ने बताएका छन्।

    आज (आइतबार)नेपाली कांग्रेस शिवसताक्षी नगर समितिको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले वर्तमान सरकारले विभिन्न समयका भ्रष्टचारलगायत प्रकरणका फाइल खोलेर छानबिनको प्रक्रिया सुरु गरेकामा केही आशा जगाएको समेत बताए। सबै ती फाइल खोलेर अनुसन्धानको प्रक्रियालाई तीव्रता दिनुपर्नेमा उनले जोड दिए।

    उनले भने विभिन्न प्रकरणमा संलग्नलाई राजनीतिक आस्थाका आधारमा नहेरी निष्पक्ष छानबीन गरी दण्डित गरिनुपर्छ। चुनौतीलाई अवसरका रुपमा बदल्न कांग्रेसले अगुवाइ गर्नुपर्ने महामन्त्री थापाको भनाइ थियो। उनले भने– ‘२०८४ सालको निर्वाचनको चिन्ता होइन, २०८० देखिनै देशको अवस्था परिवर्तनमा हामी सबै एकभएर लागेपछि देशको मुहार फेर्न सकिन्छ।’