गृहमन्त्री श्रेष्ठले भने: सुन तस्करी प्रकरणको अनुसन्धान सीआईबीले नै टुंगो लगाउँछ - Chaitanya News
  • 2026-11-16
  • 20:12:07
  • सोमबार,मंसिर ०१, २०८३
  • गृहमन्त्री श्रेष्ठले भने: सुन तस्करी प्रकरणको अनुसन्धान सीआईबीले नै टुंगो लगाउँछ

    गृहमन्त्री श्रेष्ठले भने: सुन तस्करी प्रकरणको अनुसन्धान सीआईबीले नै टुंगो लगाउँछ

    काठमाडौँ — गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा सीआईबीले नै टुंगोमा पुर्‍याउने बताएका छन् आज (आइतबार) सर्वदलीय बैठकपछि उनले संसद्को अवरोध खुलाउने विषयमा आइतबारको छलफल सकारात्मक भएको बताए।

    संसद्को अवरोध खुलाउने विषयमा सर्वदलीय बैठक भएको छ। छलफल सकारात्मक दिशातिर छ, तर आज प्रमुख प्रतिपक्षी दलको नेता अस्वस्थताका कारण अनुपस्थित हुनुभएकाले ठोस् निष्कर्षमा पुग्न सकिएन,’ उनले भने, ‘सोमबारसम्ममा सकारात्मक निष्कर्ष आउँछ भन्ने आशा जागेको छ।’

    उनले सुन तस्करी प्रकरणको सम्बन्धमा सीआईबीले अनुसन्धान गरिरहेको र सीआईबीले नै अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउने दाबी गरे।

    ‘मैले संसद्मा सम्बोधनमै यो विषय प्रष्ट राखिसकेको हुँ, हामी कहाँ यस्तो सांगठनिक अपराधमा अभियोजनकालागि ६० दिनको समय हुन्छ। त्यसमध्ये राजस्व अनुसन्धानले नै २० दिनको समय गुजारिसकेको छ। अब बाँकी रहेको ४० दिन हो, त्यसमा पनि सीआईबीले नै काम गर्ने भनेको ३५ दिन मात्रै हो,’ उनले भने, ‘तर मलाई लाग्छ, सीआईबीले नै यो प्रकरणलाई टुंगोमा पुर्‍याउँछ।

    उनले सुन तस्करी प्रकरणको सम्बन्धमा सीआईबीले अनुसन्धान गरिरहेको र सीआईबीले नै अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउने दाबी गरे।