काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसारको जुनसुकै कुनामा भए पनि नेपाली मन, भाव, संस्कृति र नेपाली भाषाप्रति गर्व गर्नुपर्ने बताएका छन्। आज (आइतबार) इन्ट्रा फाउन्डेसनले आयोजना गरेको ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को ग्रान्ड फिनाले कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
यस्तै उनले कला र संस्कृतिलाई आफ्नो ठाउँबाट पहिलोचोटि प्रधानमन्त्रीको हैसियतले अगाडि बढाउन सक्दो सहयोग गरेको स्मरण गर्दै उनले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
‘ग्रान्ड फिनाले कार्यक्रमबाट आज एउटा बलियो सन्देश विश्वभरि सम्प्रेषित भएको छ, एउटा ठूलो सन्देश गएको छ,’ उनले भने, ‘अभियानको सुरुआतकर्ता हुनुको नाताले हामी सम्पूर्ण नेपालीहरू पनि अभियानमा संलग्न सबैप्रति साँच्चिकै हृदयदेखि आभार व्यक्त गर्न पनि चाहन्छौँ।’ ग्रान्ड फिनाले कार्यक्रम साँच्चिकै गर्व गर्नलायक रहेको र कलाकारले अद्वितीय कला प्रदर्शन गरेको उनको भनाइ छ।
‘