संसद बैठक ५ भदौसम्म स्थगित - Chaitanya News
  • 2026-11-16
  • 20:12:47
  • सोमबार,मंसिर ०१, २०८३
  • काठमाडौं– आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ।

    सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतक तथा सचेतकहरुको बैठक र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताको बैठकले संसद सञ्चालन गर्ने विषयमा सहमति जुटाउन नसकेपछि ५ भदौसम्मका लागि संसद बैठक स्थगित गरिएको हो।

    संसद सचिवालयको महासचिव भरतराज गौतमले एक सूचना जारी गर्दै मङ्गलवार ३ बजे बस्ने जनाइएको छ।

    संसदको अवरोध हटाउन प्रधानमन्त्रीले बोलाएको राष्ट्रिय मान्यता प्राप्त दलहरूबीचको सिंहदरबार छलफलमा पनि कुनै सहमति भएन। सुन प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समितिको अडान काममै राखेपछि भोलि फेरि बस्नेगरी आजको बैठक सकिएको छ।

    एमालेले साउन १० गतेबाट निरन्तर संसद अवरोध गर्दै आइरहेको छ।