साउदी राजदूत र पर्यटन मन्त्रीबीच भेटर्वाता, साउदीको तेल र नेपालको पानी साटफेर गर्न प्रस्ताव - Chaitanya News
  • 2026-11-16
  • 20:11:37
  • सोमबार,मंसिर ०१, २०८३
  • साउदी राजदूत र पर्यटन मन्त्रीबीच भेटर्वाता, साउदीको तेल र नेपालको पानी साटफेर गर्न प्रस्ताव

    साउदी राजदूत र पर्यटन मन्त्रीबीच भेटर्वाता, साउदीको तेल र नेपालको पानी साटफेर गर्न प्रस्ताव

    काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती र साउदी अरेवियाका राजदूत साद अबु हाइमेदबीच भेटर्वाता भएको छ। भेटको क्रममा मन्त्री किरातीले साउदी अरेवियाका राजदूत साद अबु हाइमेद समक्ष तेल र पानी साटफेर गर्ने प्रस्ताव गरेका छन्।

    आइतबार भएको भेटबारे जानकारी दिँदै पर्यटन मन्त्री किरातीले लेखेका छन्, ‘साउदीको तेल र नेपालको पानी साटेर सम्बन्धलाई अझ प्रगाढ बनाउँ।’

    भेटमा आफूले उठाएका सवालबारे उनी भन्छन्, ‘पैसाको धनी साउदीले प्रकृतिको धनी नेपालमा पानी र पर्यटनमा लगानी गर्नुहोस्।’

    तातो साउदीबाट चिसो सगरमाथाको देश नेपाल घुम्न पर्यटक पठाउन समेत पर्यटन मन्त्रीले राजदूत हाइमेदसँग आग्रह गरेका छन्।

    उनले पोखरा र भैरहवा विमानस्थलमा साउदीबाट सिधा उडानको पहल गर्न समेत आग्रह गरेका छन्।