प्याजको निर्यातमा ४० प्रतिशत महसुल लगाउने भारतको घोषणा - Chaitanya News
  • 2026-09-06
  • 03:09:38
  • शनिबार,भाद्र २०, २०८३
  • प्याजको निर्यातमा ४० प्रतिशत महसुल लगाउने भारतको घोषणा

    प्याजको निर्यातमा ४० प्रतिशत महसुल लगाउने भारतको घोषणा

    काठमाडौं– भारतले शनिबारदेखि प्याजको निर्यातमा ४० प्रतिशत महसुल लगाउने घोषणा गरेको छ।

    भारतको यस्तो निर्णयले नेपाली बजारमा प्याजको मूल्य महँगो हुनेछ। भारतले हरेक वर्ष मुख्य चाडपर्व नजिकिँदै गएपछि प्याजको निर्यातमा अवरोध गर्दै आएको छ।

    भारतको अर्थ मन्त्रालयअन्तर्गत अप्रत्यक्ष कर तथा भन्सार बोर्डले २ भदौदेखि १५ पुससम्म लागू हुने गरी प्याज निर्यातमा महसुल बढाएको हो। भारत विश्वको सबैभन्दा ठूलो प्याज निर्यातकर्ता मुलुक हो।

    केही दिनयता आन्तरिक बजारमा प्याजको मूल्य बढेपछि यस्तो निर्णय भएको सरकारी अधिकारीहरुले बताएका छन्। नेपालको मुख्य प्याजको स्रोत मुलुक भारत हो। गत वर्ष नेपालले भारतबाट ६ अर्ब ७५ करोड रुपैयाँको १८ करोड किलो प्याज आयात गरेको थियो।