कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ३ गते विश्वासको मत लिने - Chaitanya News
  • 2026-11-16
  • 19:56:55
  • सोमबार,मंसिर ०१, २०८३
  • कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ३ गते विश्वासको मत लिने

    कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ३ गते विश्वासको मत लिने

    विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ३ गते विश्वासको मत लिने भएका छन्।
    नेपाली कांग्रेसका प्रमुख सचेतक भुपेन्द्र राईका अनुसार ३ गतेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने छन्।

    विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा सूचना पनि दर्ता भएको उनले बताए।

    साउन १६ गते नियुक्त भएका मुख्यमन्त्री थापाले भदौ १३ गते भित्र विश्वासको मत लिनुपर्नेछ।

    ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ। मुख्यमन्त्री उद्धव थापाको नेतृत्वमा सरकारलाई कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्र्टीका ४ र जसपाको एक गरी ४७ सांसदको समर्थन छ।