काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दिन प्राधिकरणका लागि थप चुनौतीपूर्ण रहेको बताएका छन् ।
आज (शुक्रबार) काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरणको ३८औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले विद्युत व्यवस्थापन र गुणस्तर वृद्धि प्राधिकरणका लागि चुनौती बन्ने समेत बताए।
उनले भने,‘आगामी दिन प्राधिकरणको लागि थप चुनौतीपूर्ण छ,अहिलेसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्न,विद्युत व्यवस्थापन गर्न, विद्युत आपूर्तिको निम्ति गुणस्तर वृद्धि गर्नु प्राधिकरणको मुख्य चुनौती हुन्।
उनले आगामी १० बर्षको अवधिलाई देश विकासको घोषणा गर्न आवश्यक रहेको पनि बताए। उनले भने, ‘आगामी १० वर्षलाई देश विकास दशक घोषणा गरीवर्तमान ऐन कानून संशोधन गरेर व्यापक र प्रतिस्थापन गर्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ। वन क्षेत्रको जग्गा उपभोगलाई सहज बनाउन चालु आर्थिक वर्षको बजेटमार्फत केही कार्यक्रमहरु त घोषणा गरिएका छन् तर त्यसको कार्यान्वयनमातर्फ जटिलता देखिन्छ।’