काठमाडौँ– काठमाडौँ महानगरपालिकाले करारका कर्मचारीहरूलाई स्थायी बनाउने निर्णय गरेको छ।
आज (बिहीबार) नगर कार्यपालिका बैठकले सर्वोच्चको आदेश बमोजिम २०६४ भन्दा अगाडीदेखि महानगरसँग जोडिएका कर्मचारीहरूलाई स्थायी गर्ने कार्यविधि बनाउने निर्णय गरेको हो।
महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार कार्यविधि बनाएर महानगरले करारका अस्थायी कर्मचारीहरूलाई स्थायी बनाउने छ।