काठमाडौँ– नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेस सांसद सुनिल शर्मालाई गलत समयमा पक्राउ गरेको बताएका छन्।
आज (बिहिबार) पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीका विरुद्ध अभिव्यक्ति दिएपछि नै शर्मालाई पक्राउ गर्नुले निरंशुक प्रवृत्ति हो कि भन्ने प्रश्न उठेको समेत बताए। उनले जुनसुकै भ्रष्टाचार प्रकरणमा सरकारले गर्ने अनुसन्धानलाई कांग्रेसले सहयोग गर्ने उल्लेख गरे।
भ्रष्टाचार प्रकरणको अनुसन्धानलाई सरकारले गर्ने अनुसन्धानलाई नजिकबाट हेरिरहेको उनको भनाइ छ।