सोह्रौं आवधिक योजनामा दिगो विकासका लक्ष्यहरूलाई प्राथमिकताका साथ समेटिने छन : डा.मिनबहादुर श्रेष्ठ - Chaitanya News
  • 2026-09-06
  • 03:10:18
  • शनिबार,भाद्र २०, २०८३
  • सोह्रौं आवधिक योजनामा दिगो विकासका लक्ष्यहरूलाई प्राथमिकताका साथ समेटिने छन : डा.मिनबहादुर श्रेष्ठ

    सोह्रौं आवधिक योजनामा दिगो विकासका लक्ष्यहरूलाई प्राथमिकताका साथ समेटिने छन : डा.मिनबहादुर श्रेष्ठ

    काठमाडौं– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले सोह्रौं आवधिक योजनामा दिगो विकासका लक्ष्यहरूलाई प्राथमिकताका साथ समेटिने बताएका छन्।

    आज (बिहिबार) राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताए।

    यस्तै सामाजिक न्यायसहित समृद्धि प्राप्त गर्न सुशासन र सामाजिक न्यायलाई नै सोह्रौं पञ्चवर्षीय योजनामा प्राथमिकतामा राखिएको उनको भनाइ छ।

    उनले पन्ध्रौं आवधिक योजना निर्माणका समयमा आर्थिक समृद्धिका आधार तय भएका कारण दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेपनि कोरोना,युक्रेन युद्धको असरका कारण लक्ष्य हाँसिल गर्न नसकिएको धारणा राखे। उनले विकासका क्षेत्रमा तीनै तहबाट आशा गरिए बमोजिम काम नभएका कारण पनि आर्थिक वृद्धिमा असर परेको उल्लेख गरे।

    बैठकमा समिति सभापति प्रकाश पन्थले आगामी पञ्चवर्षीय योजना बनाउँदा कार्यान्वयनका पक्षलाई ध्यान दिन सुझाव दिए। उनले प्रदेश र स्थानीय तहबीच सन्तुलित विकास हुने योजना निर्माण गर्नुपर्नेमा जोड दिए।