भ्रष्टाचार प्रकरणको निष्पक्ष छानबिन गरे औँलामा गन्न सक्ने नेतामात्रै बाँकी रहन्छन : रबि लामिछाने - Chaitanya News
  • 2026-11-16
  • 20:12:37
  • सोमबार,मंसिर ०१, २०८३
  • भ्रष्टाचार प्रकरणको निष्पक्ष छानबिन गरे औँलामा गन्न सक्ने नेतामात्रै बाँकी रहन्छन : रबि लामिछाने

    भ्रष्टाचार प्रकरणको निष्पक्ष छानबिन गरे औँलामा गन्न सक्ने नेतामात्रै बाँकी रहन्छन : रबि लामिछाने

    काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो आलोचकलाई आगामी निर्वाचनबाट जनताले जवाफ दिने बताएका छन्। आज (बिहिबार) इलाममा आयोजित पार्टीको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले सुन एयरपोर्टबाट बाहिरिँदा पनि सरकारले केही गर्न नसकेको आरोप समेत लगाए।

    उनले भने, ‘यहाँ मलाई ढोका खोल्दियो भनेर पनि विवाद गरिएको छ। नेपालको एयरपोर्टमा तस्करहरूलाई क्विन्टलका क्विन्टल सुन छिराउन ढोका खोल्नेहरूको विरोध गर्नुस्। अरु ढोकाको विरोध गर्न अहिले जरुरी छैन। तीनको विरोधमा हामी उत्रिएका छौँ। एयरपोर्टबाट क्विन्टलका क्विन्टल सुन छिरेको छ।

    उनले अहिले कारबाही आएका ललिता निवास, नक्कली शरणार्थी प्रकरण र सुन प्रकरणको सत्यतथ्य छानबिन गरे औँलामा गन्ने नेता मात्रै बाँकी रहने बताए। उनले इमानदारीपूर्वक छानबिन गर्न सरकारलाई आग्रह गरे।