एमालेले गर्‍यो सार्वजनिक लेखा समिति बैठक बहिष्कार - Chaitanya News
  • 2026-11-16
  • 20:13:02
  • सोमबार,मंसिर ०१, २०८३
  • एमालेले गर्‍यो सार्वजनिक लेखा समिति बैठक बहिष्कार

    एमालेले गर्‍यो सार्वजनिक लेखा समिति बैठक बहिष्कार

    काठमाडौँ– नेकपा एमाले ले प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठक बहिस्कार गरेको छ।

    समिति सभापति चयन नगरिएको भन्दै एमालेले लेखा समितिको बिहीबार १ बजेका लागि बोलाइएको बैठक बहिष्कार गरेको हो।

    एमालेले समितिको यसअघिको बैठकमा नै सभापति चयन नभएसम्म बैठकमा नआउने जानकारी गराएको थियो।

    समितिको अध्यक्षता ज्येष्ठ सदस्य काँग्रेस सांसद अर्जुननरसिंह केसीले गरिरहेका छन् । एमाले सचिव तथा लेखा समिति सदस्य योगेश भट्टराईले सभापति चयन नभएसम्मका लागि बहिष्कार गर्ने घोषणा गरेका थिए।