सर्वदलीय बैठक बोलाउँदै राष्ट्रपति पौडेल - Chaitanya News
  • 2026-11-16
  • 20:11:42
  • सोमबार,मंसिर ०१, २०८३
  • सर्वदलीय बैठक बोलाउँदै राष्ट्रपति पौडेल

    सर्वदलीय बैठक बोलाउँदै राष्ट्रपति पौडेल

    काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन्।

    राष्ट्रपति निर्वाचित भएपछि पौडेलले सबै राजनीतिक दलका नेताहरुलाई भेट्न र छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाउन लागेको राष्ट्रपतिका प्रमुख राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले जानकारी दिए।

    ‘राष्ट्रपति भएपछि बिरामी परेकाले उहाँले सबै दलका नेताहरूसँग एक पटक पनि भेट्न पाउनु भएको छैन,’ थापाले भने, ‘अहिले स्वास्थ्य पनि ठिक भएको र संसद पनि चलिरहेकोले एक पटक भेट्नु पर्छ भनेर तयारी भइरहेको हो।’

    बैठक छिट्टै बोलाइने भए पनि मिति भने तय भइनसकेको थापाले बताए। ‘सरसल्लाह गरेर मिति तय हुन्छ,’ उनले भने, ‘समय त अरु नेताहरूको पनि मिल्नु पर्‍यो नि।’