काठमाडौ– अर्थमन्त्री डा. प्रकाश शरण महतले नेकपा एकालेले रकार बाहिर बस्नै नसक्ने मनस्थिति बनाउनु ठिक नभएको बताएका छन। आज (बिहिबार) जनकपु्रधाममा नेपाल प्रेस युनिउनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले नेकपा एमालेले सदनलाई बन्धक बनाएकोमा आपत्ति जनाएका छन्।
भने, ‘सदन छलफल र बहस गरेर समस्या समाधान गर्ने थलो हो। धेरै ऐनहरू बनाउनु छ। संघीय कानून नबनेर समस्या आइरहेको छ। तर एमालेले सदनमा छलफल नै हुन दिएन।
एमालेले राजीनामा मागेको छ नि भन्ने जिज्ञासामा उनले भने, ‘सरकार बन्ने बनाउने कुरा संसद्को सर्वाधिकार हो। सरकार बाहिर बस्नै नसक्ने मनस्थितिमा पुग्नु ठिक होइन । जनताले म्यान्डेट अनुसार सरकार चल्न दिनुपर्छ।
काँग्रेस प्रतिपक्षमा रहँदा कहिल्यै बहाना बनाएर सदन अवरुद्ध नगरेको दाबी गर्दै मन्त्री महतले सदनमै छलफल र बहस गरेर कुनै पनि समस्या समाधान गर्न सकिने कुरामा विश्वास गर्नुपर्ने बताए।