काठमाडौँ– मिटरब्याजसम्बन्घी कानुन बनेसँगै १०५ बिघा जग्गा फिर्ता भएको छ। पीडितको सुनुवाइले तीव्रता पाएसँगै जग्गा फिर्ता हुन थालेको हो। साउन १२ मा विधेयक पारित भएपछि पीडितको उजुरीको मिलापत्र गर्ने र साहुले लिएको जग्गा फिर्ता हुने क्रम बढेको छ ।
हालसम्म २३ हजार ८ सय ७१ वटा निवेदन प्राप्त भएका छन्। यसमध्ये ३ हजार २ सय ६४ निवेदनमाथि अध्ययन, विश्लेषण र फर्स्योटको काम भइसकेको छ। कानुन बन्ने अघिल्लो दिनसम्म २ हजार ५ सय जनाको ५५ बिघा जग्गा पीडितलाई फिर्ता गरेकोमा मंगलबारसम्म ३ हजार २ सय ६४ जनाको १ सय ५ बिघा १० कट्ठा १७ धुर जग्गा आयोगले मिलापत्र गराएर फिर्ता गराएको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले जनाएको छ।