देशमै अवसर सिर्जना गरी योग्य श्रमशक्ति पलानयको चक्रलाई रोक्नुपर्छ : वर्षमान पुन - Chaitanya News
  • 2026-05-26
  • 13:48:49
  • मंगलबार,जेठ १२, २०८३
  • देशमै अवसर सिर्जना गरी योग्य श्रमशक्ति पलानयको चक्रलाई रोक्नुपर्छ : वर्षमान पुन

    देशमै अवसर सिर्जना गरी योग्य श्रमशक्ति पलानयको चक्रलाई रोक्नुपर्छ : वर्षमान पुन

    काठमाडौँ– माओवादीको अर्थ तथा योजना विभाग प्रमुख एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले देशमै अवसर सिर्जना गरी योग्य श्रमशक्ति पलानयको चक्रलाई रोक्नुपर्ने बताका छन। औद्योगीकरणमार्फत रोजगारी सिर्जना गरेर कामका लागि युवा विदेशिने क्रम रोक्नुपर्ने उनको भनाइ छ।

    औद्योगिकीकरणमार्फत उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने कार्यक्रममा जोड दिनुपर्छ” माओवादी केन्द्रका उपमहासचिव समेत रहेका उनले भने “श्रमशक्तिको निर्यात होइन, श्रमशक्तिको स्वदेशमै उपयोग गर्ने नीतिमा जान ढिलाइ भइसकेको छ।नेता पुनले कमजोर व्यवस्थापन, सुशासनको अभाव, उपयुक्त नीति र अनुगमनको अभावमा धारासायी बन्दै गएका सार्वजनिक संस्थान बचाउन सरकारको ध्यान जानुपर्ने उल्लेख गरे।

    पुनले नेपालमा केही पनि हुँदैन भन्ने गलत भाष्य स्थापित गर्न खोजिएको भन्दै गरे के हुँदैन भन्ने आत्मविश्वास जगाउन जरुरी रहेको बताए। आफू अर्थमन्त्री भएका बेला समस्याग्रस्त अवस्थामा रहेका सरकारी स्वामित्वका नेपाल बैंक, कृषि विकास बैंक र बाणिज्य बैंकलाई बचाउन भूमिका खेलेको समेत उनले स्मरण गरे। तत्कालीन अवस्थामा करिब बन्द हुने अवस्थामा रहेकी तीनवटै सरकारी बैंकलाई पुँजी वृद्धि गरेर जोगाइएको तथ्य पेस गर्दै उनले हाल कमजोर अवस्थामा रहेका सार्वजनिक संस्थान बचाउन पनि केही न केही नयाँ नीतिगत फड्को हान्नुपर्नेमा जोड दिए।

    कमजोर व्यवस्थापनमा चलेका सार्वजनिक संस्थानलाई बचाउन केही न केही नयाँ नीतिमा हामी जानैपर्ने उल्लेख गर्दै उनले स्वदेशमै पर्याप्त रोगजारीको अवसर वृद्धि नगरी समाजवादमा जान सम्भव नरहेको स्पष्ट पारे। मुलुकको समग्र आर्थिक विकासका लागि सार्वजनिक, निजी र सहकारीको तीन खम्बे अर्थनीतिलाई आत्मसात गरी पुँजीको सही उपयोगमार्फत उत्पादन बढाउनेतिर ध्यान दिनुपर्ने नेता पनको भनाइ थियो।

    कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले पहिलोदेखि १५औंँ पञ्चवर्षीय योजनासम्मका धेरै योजना असफल भएको दृष्टान्त प्रस्तुत गर्दै नयाँ योजनामा गुणात्मक परिवर्तन गर्नुपर्ने बताए। तयार हुँदै गरेको १६औँ पञ्चवर्षीय योजनामा विगतका असफलताबाट सिकेर अति महत्वाकांक्षी योजना समेट्न नहुने उनको भनाइ छ। कार्यक्रममा विज्ञहरुले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने विषयमा सरकारले छिट्टै प्रक्रिया अघि बढाउनुपर्ने, विद्युत् निर्र्यातलाई नभई स्वदेशमै खपत बढाउने गरी औद्योगीकरण गरिनुपर्ने, श्रमशक्ति निर्यात गर्ने नभई उपयोग गर्ने नीति अख्तियार गरिनुपर्ने, उत्पादन वृद्धि गरी रोजगारीको अवसर सिर्जना गर्ने कार्यक्रम अघि सारिनुपर्ने जस्ता सुझाव दिएका थिए।